पाकिस्तानमा मस्जिदनजिकै विष्फोट, डीएसपीसहित ५२ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तमा एक मस्जिदनजिकै विष्फोट हुँदा ५२ जनाको मृत्यु भएको छ।

शुक्रबार भएको उक्त विष्फोटमा प्रहरीका एक डीएसपीसहित ५२ जनाको मृत्युका साथै ५० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बलुचिस्तानको मास्तुङ जिल्लामा रहेको मदिना मस्जिदनजिकै पैगम्बर मुहम्मदको जन्मदिन मनाउन भेला भएकाहरू यो दुर्घटनामा परेका हुन्।

त्यहाँ निकाल्न लागिएकाे एक जुलुसमा सहभागी हुन लाग्दा विष्फोट भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। विष्फोटमा परी जुलुसमा खटिएका मास्तुङ जिल्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवाज गशकोरीको पनि मृत्यु भएको छ।

प्रहरीका अनुसार विष्फोटको प्रकृति आत्मघाती छ। विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *