४२ यात्रु लिएर उडेको श्री एयरको इन्धन चुहिएपछि आकस्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि काठमाडौँबाट ४२ जना यात्रु लिएर उडेको श्री एयरको जहाजमा समस्य आएपछि केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । जहाज आकाशमा उडिरहेका बेला इन्धन चुहिएपछि आकस्मिक अवतरण गराइएको हो ।

जहाज उडेको केही बेरमै बाँयातर्फको इञ्जिनबाट इन्धन चुहिएको थियो । त्यसपछि जहाजलाई लामो समय आकाश उडाएरु इन्धन खालि भएपछि विमानस्थलमा अवतरण गराइएको हो । सुरक्षाका सबै प्रवन्धको व्यवस्था भएपछि अवतरण गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *