एकैदिन १ हजार ४०० रूपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार प्रतितोला आठ सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ८५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *