२ लाख बढी नगदसहित काठमाडौंमा हुण्डी कारोबार गर्ने २ भारतीय पक्राउ

प्रहरीले २ लाख रूपैयाँ बढी नगदसहित २ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्।

काठमाडौंको कालीमाटी, कुलेश्वर क्षेत्रमा नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश वा निर्देशनविपरीत हुने गरी इजाजतपत्र नलिई वित्तीय कारोबार गर्दै आएको गोप्य सूचनाका प्रहरीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलेश्वर चुनी भैरवबाट भारतको मोतिहारी जिल्ला मधुवन थाना घर भएका ओमप्रकाश कुमार यादव र राकेश रायलाई पक्राउ गरेको हो।

उनीहरूका साथबाट विभिन्न दरका २ लाख १० हजार ४९५ रूपैयाँ नगद, चेकबुक र मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई नेपाल राष्ट्र बैक ऐन, २०५८ अन्तर्गतको कसुरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *