५८ लाख रूपैयाँ बढीको सामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढीको सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ।

मंगलबार राति ९:४० बजे वीरगञ्जबाट मोरङतर्फ जाँदै गरेकोे अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डकस्थित सडकखण्डमा ना ३ ख ३९४९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको हो।

कस्मेटिक तथा खुद्रा सामानहरू बोकेको उक्त ट्रक रोकेर चेकजाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी मालवस्तुहरू लोड रहेको तथा सो बिलबिजक शंकास्पद देखिएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उक्त ट्रकमा लोड रहेका सामानको मूल्य ५८ लाख १६ हजार ६२८ रूपैयाँ अनुमान गरिएको छ।

बरामद सामान र ट्रक थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर