‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

अमेरिकी सेनाका प्रमुख ¥यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् ।

हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा शुरुभएको सम्मेलनमा भारतीय सेनाप्रमुख मनोज पाण्डेका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी सेनाप्रमुखले अमेरिका र भारतीय सेनाबीचको साझेदारीले हिन्द–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्न सहज हुने बताए।

उनले हिन्द–प्रशान्त क्षेत्रका सेनाहरूबीचको संवाद र छलफलले आपसी विश्वास र मैत्रीलाई सुदृढ बनाउने तथा चुनौतीपूर्ण वर्तमान वातावरणमा सहकार्य र साझेदारी गर्दा यस क्षेत्रका सबैलाई फाइदा हुने बताए ।

अतिवाद, सङ्गठित अपराध नियन्त्रण गर्ने साझा रणनीतिसमेत तयार गर्नुपर्ने परिस्थिति उत्पन्न भएको बताउँदै उहाँले सेनाहरूबीचको सम्बन्ध बलियो बनाउन सम्मेलन उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

भारतीय सेनाप्रमुख पाण्डेका अनुसार हिन्द–प्रशान्त क्षेत्रका १९ देशका सेना प्रमुख सहभागी रहेको सम्मेलनको मुख्य उद्देश्य आपसी समझदारी, संवाद र मैत्रीका माध्यमबाट यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्नु हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *