सरकारको काममा एमाले बाधक बन्दैन : उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारको काममा नेकपा एमाले बाधक नबन्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा (एमाले) विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एमाले देशलाई एक नम्बरमा राखेर सोच्ने पार्टी भएकाले सरकारको काममा अवरोध नगर्ने बताएका हुन् ।

उनले भने, ‘हामी जहिले पनि मुलुकलाई एक नम्बरमा राखेर सोच्ने पार्टी हो हामी । हामी अवरोधक कहिले पनि हुँदैनौं । खिचातानी गरेर सरकारलाई अप्ठ्यारो पार्ने किसिमको काम हुँदैन, हामी सरकार हेरिरहेका छैनौ । देश हेरिरहेका छैनौं ।’

ऋण दिन पनि नसक्ने लिन पनि नसक्ने अवस्थामा अहिलेको अर्थतन्त्र संकटमा रहेको भन्दै समाधान लागि एमाले तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *