टिकट काटे पनि माओवादी नेता चढेपछि ताल्चा विमानस्थलमा अलपत्र चिकित्सक लिन पठाइयो नेपाल एयरलाइन्सको जहाज

समिट एयरको जहाजले मुगुको ताल्चा विमानस्थलमा टिकट लिइसके पनि नेकपा (माओवादी केन्द्र) का नेताहरूलाई बोकेर नेपालगञ्ज उडेपछि अलपत्र परेका चिकित्सकहरूलाई लिन नेपाल वायुसेवा निगमको जहाज पठाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएकोे खबरले दुःखी बनाएको बताएका छन्।

मंगलबार समाजिक सञ्जालमार्फत् उनले गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुःखी बनायो। गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’

आज बिहान ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका थिए।

माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरूका कारण भीआईपीका लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने भनिएपछि सबै चिकित्सक नेपालगञ्ज आउन नमानेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर