काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, ५ सेनासहित २२ जना घाइते (नामावलीसहित)

काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९, शिवखोलामा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

घाइतेमध्ये ५ जना सेनासमेत छन्। प्रहरीका अनुसार बिदामा घर जाँदै गरेका ५ जना सेना पनि दुर्घटनामा परेका हुन्।

कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।

बसमा बसमा चालकसहित ४० जना सवार थिए। १८ जनाकाे भने सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएको छ। उद्धारमा नेपाली सेना पनि खटिएकाे थियाे।

अचानक सडक किनारमा रहेको कलभर्टमा ठोक्किन पुग्दा बस सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको छ।

घाइतेहरूलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ।

बसका चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का ३० वर्षीय कर्णबहादुर रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरूको विवरण :
लमही अस्पताल लमही, दाङमा उपचारका लागि पठाइएका
१. सुर्खेतको वीरेन्द्रनगर नगरपालका-२ बस्ने ६८ वर्षीया गंगादेवी पुलामीको टाउको र ढाडमा चोट, गम्भीर, थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको।

२. उनका छोरा ४० वर्षीय खगेन्द्र पुलामीको नाकमा चोट, सामान्य। थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको।

३. सोही नगरपालिका-४ बस्ने १९ वर्षीय पवन खत्रीको बायाँ हातमा चोट, सामान्य।

४. सोही नगरपालिका-१४ बस्ने ३० वर्षीय सुनाइल थापाको मुख, छाती र दाहिने हातमा चोट, सामान्य।

५. गाडी साहु सोही स्थान बस्ने ३६ वर्षीय जितेन्द्र भट्टराईको दाहिने हातमा चोट, मध्यम।

६. बर्दियाको गुलरिया नगरपालिका-६ बस्ने ३७ वर्षीया तिलक सुनारको दाहिने हात र घाटीमा चोट, सामान्य।

सैनिक अस्पताल राँझा, बाँके उपचारका लागि पठाइएका
१. सुर्खेतको भेरीगंगा नगरपालिका-७ बस्ने ३८ वर्षीय रखवीर बस्यालको निधारमा चोट, सामान्य। (नेपाली सेना)

२. सुर्खेतको लेकबेँसी गाउँपालिका-७ बस्ने २३ वर्षीय शेरबहादुर रावतको टाउकोमा चोट, सामान्य। (नेपाली सेना)

३. दैलेखको गुराँसे गाउँपालिका-७ बस्ने २३ वर्षीय प्रदीप बीसीको टाउकोमा चोट, सामान्य। (नेपाली सेना)

४. दैलेखको डुल्लु नगरपालिका-११ बस्ने ३९ वर्षीय गणेशबहादुर शाहीको टाउकोमा चोट, सामान्य। (नेपाली सेना)

५. साेही स्थान बस्ने २२ वर्षीय छविलाल विकको छातीमा चोट, सामान्य। (नेपाली सेना)

मेडिकल कलेज कोहलपुर, बाँकेमा उपचाराका लागि पठाइएका
१. सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बस्ने २४ वर्षीया उमकुमारी हमालको छातीमा चोट, सामान्य।

२. सोही नगरपालिका-२ बस्ने २४ वर्षीय भूपेन्द्र शाहीको छातीमा चोट, सामान्य।

३. सोही नगरपालिका-५ बस्ने ५४ वर्षीय जगतजंग रानाको टाउकोमा चोट, सामान्य।

४. सोही नगरपालिका-१२ बस्ने ५२ वर्षीय मक्कबहादुर बुढाको घाँटीमा चोट, सामान्य।

५. दैलेखको भैरवी गाउँपालिका-५ बस्ने ५० वर्षीय बिसाखर रिजालको हात र खुट्टामा चोट, मध्यम।

६. सोही नगरपालिका-३ बस्ने २५ वर्षीय कृष्णा आचार्यको खुट्टामा चोट, सामान्य।

७. दैलेखको डुल्लु नगरपालिका-५ बस्ने ५१ वर्षीय ऋषिप्रसाद उपाध्यायको कुममा चोट, सामान्य।

८. सोही नगरपालिका-१० बस्ने ६८ वर्षीय तेजेन्द्रनाथ योगीको निधारमा चोट, सामान्य।

९. दैलेखको नारायणी नगरपालिका-१० बस्ने २८ वर्षीय रवीन्द्र हमालको निधारमा चोट, सामान्य।

१०. कालीकोटको तिला गाउँपालिका-९ बस्ने ३२ वर्षीय जीवन विकको अनुहारमा चोट, सामान्य।

११. कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बस्ने ७ वर्षीया सिमिया बोहोराको टाउकोमा चोट, सामान्य।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर