बजारमा चिनी अभाव, कुलेश्वरमा ७० हजार किलो भण्डारण गरिएको गोदाम सिल
८ असोज २०८० १९:५३
कालोबजारीका कारण बजारमा चिनीको अभाव भइरहेका समय काठमाडौंको कुलेश्वरस्थित एक गोदाममा ठूलो परिमाणमा चिनी भण्डारण गरेर राखेको पाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले ७० हजार किलो चिनी भण्डारण गरिएको सो गोदाम सिल गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार चिनीको बोरामा लेबलिङ नभएपछि गुणस्तरमा शंका लागेर गोदाम सिलबन्द गरिएको छ।
सिलबन्द गरिएको गोदाममा शंका लागेको बोराबाट स्याम्पल बरामद गरी परीक्षणका लागि ल्याबमा पठाइएको छ।
सो गोदाममा भण्डारण गरिएको चिनीको गुणस्तरमा समेत समस्या देखिएपछि सिलबन्द गरिएको भट्टराईले बताए। गोदाम केही दिनअघि नै सिलबन्द गरिएको हो।
प्रतिक्रिया