राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्विकार्नुपर्छ : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्विकार्नुपर्ने बताएका छन्। उनले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा नसुनी प्रश्न गरेको भन्दै धैर्यताका साथ सुनेर प्रश्न गर्न आग्रहसमेत गरे।

सोमबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उपसभापति खड्काले आफू राजनीतिमा लाग्दा ताली र गालीलाई ग्रहण गर्छु भनेर स्विकारेको बताए।

उनले भने, ‘राजनीतिक जीवनमा प्रवेश गर्दा ताली र गाली दुवै कुरालाई स्वीकार गरेको छु। सबै कुरालाई स्विकार्नुपर्छ र जवाफ दिनुपर्छ, स्पष्ट पार्नुपर्छ।’

उपसभापति खड्काले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा सुन्नुपर्नेमा जोड दिँदै आधा कुरा सुनेर आक्रोशित नहुन आग्रहसमेत गरे। शिक्षकहरूको आन्दोलनलार्ई जुन हदसम्म सहमति गर्न सकिन्थ्यो त्यो गरेको उनको भनाइ छ।

उपसभापति खड्काले अब संसदको प्रक्रियामा जाँदा सरकारका तर्फबाट दलको प्रमख सचेतकसँग छलफल गर्ने र संसदमा समावेश गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर