
राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजा


राष्ट्रप्रति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्।
सोमबार उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन्।
राष्ट्रपति पौडेलले आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।
राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै जनपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रतिक्रिया