नेपालमा संघीयता अस्तित्व रक्षाका लागि आएको होइन : पीताम्बर शर्मा
७ असोज २०८० १८:५४
संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्माले नेपालमा संघीयता अस्तित्व रक्षाका लागि नभएको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ प्रकारको प्रशासनिक व्यवस्था गर्न आवश्यक भएको बताए।
‘नेपालमा संघीयता अस्तित्व रक्षाका लागि आएको होइन,’ शर्माले भने, ‘आज संघीयताको कुरा गर्दा नेपालको संघीयता मधेसप्रति भएको ऐतिहासिक अन्यायप्रतिको पहाडे जागरूकताको खलबली हो।’
समग्र देशको विकाससँगै तराईको आर्थिक हैसियत बढे पनि राजनीतिक हैसियत नबढेको उनको भनाइ छ।
उनले राजनीतिक हैसियत र आर्थिक हैसियतबीचका असामयिक न्यायहरू र मधेसले उठाएका प्रश्नहरू जायज भएको बताए।
प्रतिक्रिया