दाङमा बटुवाहरुमाथि अन्धाधुन्ध खुकुरी प्रहार, एकको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरामा एकजना ब्यक्तिले अन्धाधुन्ध बटुवाहरुमाथि खुकुरी प्रहारगर्दा एकजनाको मृत्यु भएको छ । भने, अन्य दुईजना गंभिर घाइते भएका छन् ।

शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै खुकुरी प्रहारगर्ने उनका छिमेकी ४२ वर्षीय टेकबहादुर हमाललाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हमालले शनिवार दिउँसो घरबाट खुकुरी लिएर बाटोमा भेटेका ब्यक्तिहरु उपर अन्धाधुन्ध प्रहार गरेका थिए । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् ।

घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ भने अर्का घाइते वीरबहादुरको हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार हमाल दिउँसो घरबाट खुकुरी लिएर निस्किएका थिए । उनले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । टेकबहादुरले आफूलाई देउता चढेको भन्दै स्थानीय माथि खुकुरी प्रहार गरेका थिए ।

टेकबहादुर केही महिनाअघि भारतबाट फर्केका थिए । उनले घरमा कुखुरा पालन गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *