यस्तो छ क्रिकेट संघको नयाँ टीम

नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वको चयन भएको छ ।

अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएपनि अन्य पदका लागि भएको निर्वाचनले एक सचिव र १० केन्द्रीय सदस्य चुनेको हो ।

सचिवमा पारस खड्काले जित हासिल गर्दा उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्ल ११ मतले पराजित भए ।
केन्द्रीय सदस्यमा महिलातर्फ एक मात्रै उम्मेद्वारी परेपछि जयन्तीदेवी भट्ट निर्विरोध भइन् । यसै गरी, लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए ।

प्रदेशमा कोशीबाट अर्जुन पौडेलले सुनिल कुमार पौडेललाई १३ मतले पछि पार्दै जित हात पारे भने मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ । उनीहरूले ४२÷४२ भोट ल्याएका हुन् । उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए ।

त्यस्तै बाग्मतीबाट दिवाकर घले निर्वाचित भएका छन् । उनले ४६ भोट ल्याउँदा प्रतिस्पर्धी सुदीप पिया ३६ मा रोकिए । गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत मात्र ल्याए ।
सुदूरपश्चिममा विक्रम विष्ट २९ मतका साथ विजयी भएका छन् । प्रतिस्पर्धी हरि रेग्मीले ३१ मत ल्याए ।

खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् । साउदले ५९ र पाठकले ५४ मत ल्याए भने आयूषले ५१ र चन्दले ३४ मत ल्याएका छन् ।

पाचौंमा करन महतरा क्षेत्री र ऋषिराम गौतमको बराबर २६/२६ मत आएको छ । उनीहरूमध्ये गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।

नेपाल न्युज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *