नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ

नवजात शिशु बिक्री गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न विराटनगरस्थित ग्रीनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ ।

नवजात शिशु बिक्री प्रकरणमा हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

यो प्रकरणमा पक्राउ पर्नेको संख्या डा. तपेश्वरलाल कर्णसहित ७ पुगेको छ । कर्णले भोजपुरको हतुवागढी गाउँपालिकाकी २६ वर्षीया अविवाहित महिलाबाट जन्मिएको एक दिनको शिशु पाँच लाख रूपैयाँमा बेचेको अनुसन्धानबाट खुलेको छ ।

उनले असार १४ मा ५ लाख रूपैयाँ लिएर मोरङको कटहरी गाउँपालिका-२ की मनमाया राजवंशीलाई शिशु बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६८ वर्षीय डा. कर्णसहित ७ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने तयारी अगाडि बढाएको छ ।

प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *