कूटनीति

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्रसंघको मुख्यालयमा बुधबार भेटघाट भएको छ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो। दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए।

प्रधानमन्त्री दाहालले राष्ट्रसंघको फोरममा भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *