![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
संविधान कार्यान्वयन गर्ने कानून निर्माणमै मुख्य चुनौती छ : ईश्वर पोखरेल
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![संविधान कार्यान्वयन गर्ने कानून निर्माणमै मुख्य चुनौती छ : ईश्वर पोखरेल](https://www.pardafas.com/wp-content/uploads/2023/09/ishwar-pokharel.jpg)
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गर्न नसक्नु नै मुख्य चुनौती भएको बताएका छन्।
संविधान दिवसका उपलक्ष्यमा जनकपुरधामस्थित जानकी मन्दिर अगाडि रहेको बागवानीमा राष्ट्रिय झण्डाको अनावरण गर्न जनकपुर पुगेका पोखरेलले कानून निर्माणमै चुनौती देखिएको बताएका हुन्।
पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधानअनुसार आवश्यक नयाँ कानून निर्माण गर्न नसक्नु नै चुनौती भएको उल्लेख गर्दै कानून र संरचना निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले नेपाली जनताले बनाएको संविधान उत्कृष्ट रहेको धारणा राखे। उनले सबैले संविधानप्रति गर्व गर्नुपर्ने बताए।
उनले भने, ‘कुनै बाह्य शक्तिले लादेर ल्याएको संविधान होइन। जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो। त्यसैले सबैले गर्व गर्नुपर्छ।’
उनले आवश्यक परेमा प्रक्रिया पूरा गरी संविधान संशोधन गर्न सकिने भन्दै आजको दिन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता सबैले व्यक्त गर्नुपर्ने बताए।
प्रतिक्रिया