घट्यो सुन-चाँदीको मूल्य

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रूपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रूपैयाँ थियो ।

सुनको मूल्य लगातार तेस्रो दिन बढेपछि आज घटेको हो । आइतबार सुनको मूल्य ५०० रूपैयाँले बढेको थियो भने सोमबार २०० र मंगलबार पुनः ५०० रूपैयाँले बढेको थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । तोलामा ५ रूपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *