आज यी पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहेको विभागले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित बाँकी प्रदेशका थोरै स्थानमा समेत मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको प्रक्षेपण विभागले गरेको छ ।

यस्तै बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको एक-दुई स्थानमा समेत मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर