डिजिटल बैंकिङ प्रवर्द्धनको लक्ष्यसहित एनएमबी बैंकले सञ्चालनमा ल्यायो डिजी स्टेशन

एनएमबी बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने लक्ष्यका साथ अत्याधुनिक ‘डिजी स्टेशन’ को सुरूआत गरेको छ।

डिजी स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो, जसमा नगद जम्मा, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेटमेन्ट जेनरेट स्वचालित प्रणालीबाट गर्न सकिन्छ।

डिजी स्टेशनको सुरूआतले बैंकिङ सेवा सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ। प्रथम चरणको डिजी स्टेशनको सुरूवात एनएमबी भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सञ्चालन गरिएको छ।

क्याश डिपोजिट मेसिनमा ग्राहकले १ लाखभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैं खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा छ। साथै चेक डिपोजिट मेसिनमा ग्राहकले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिङ चेकसमेत डिपोजिट गर्ने सुविधा रहेको छ।

एनएमबी बैंकले २०१ शाखा, १४५ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *