![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
एमालेले संविधान दिवसमा नारायणचौरमा विशेष कार्यक्रम गर्ने
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![एमालेले संविधान दिवसमा नारायणचौरमा विशेष कार्यक्रम गर्ने](https://www.pardafas.com/wp-content/uploads/2022/08/UML-Party-office-Chysal-.jpg)
नेकपा (एमाले) ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ ।
संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भई राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।
अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गरेका छन् । उनले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल गरेका छन् ।
प्रतिक्रिया