टिपटप मिठाई पसललाई काठमाडाैं महानगरले तिरायाे दुई लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई दुई लाख रूपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं. १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि दुई लाख रूपैयाँ जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए । महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *