अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। अमेरिका भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री दाहाल आज साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट अमेरिकाको न्यूयोर्क जाँदै छन्।

१८ देखि २६ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री दाहाल सतर्फ जान लागेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *