सरकार-निजी क्षेत्र सहकार्यले मात्रै आर्थिक रूपान्तरण सम्भव : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार र निजी क्षेत्रको सहकार्य प्रभावकारी नभएसम्म देशको आर्थिक रूपान्तरण सम्भव नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताए।

आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न नसक्ने उनको भनाइ थियो।

उनले भने, ‘निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने कुरामा म स्पष्ट छु। म प्रधानमन्त्रीको जिम्मेवारी हुँदा मात्र होइन, म जुनसुकै अवस्थामा पनि निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न सक्दैन।’

प्रधानमन्त्री प्रचण्डले सरकारका ऐन-कानून, विधि-विधान र निर्णयहरू निजी क्षेत्रको सम्भावनालाई राष्ट्र निर्माणको कुरामा प्रयोग गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *