
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो।
संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।
उनीविरूद्ध एउटा पनि उजुरी नपरेपछि आज सिधै सुनुवाइ भएको हो।
प्रतिक्रिया