बढ्यो सुन-चाँदीको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ बढेको छ।

आज सुनको भाउ तोलामा ६०० रूपैयाँले बढेको छ। यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रूपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। हिजो छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला१ लाख १० हजार ६५० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले बढेर १ हजार ३९५ रूपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रूपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ३८५ रूपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *