टीभीएस नेपालको ‘हर मोडमा उमंग’ अफर सार्वजनिक, १० लाख रूपैयाँसम्म जित्ने माैका

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रूपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भदौ २८ गतेबाट देशभर सीमित समयावधिका लागि लागू हुनेछ।

‘हर मोडमा उमंग’ योजनाअन्तर्गत नकिन्दै https://www.tvsnepal.com/dashain/form मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दश लाख रूपैयाँसम्म जित्ने मौका रहेको छ । हरेक महिना १०० प्रतिशत क्याशब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाख रूपैयाँसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीले एक्चेञ्जमा १० हजार रूपैयाँसम्म थप भ्यालुएशन तथा शून्य प्रतिशत इन्टरेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कुकर घर लैजान सकिने सुविधा पनि दिएको छ । त्यसैगरी जीवनभरका लागि वारेन्टी सुविधा पनि दिइने कम्पनीले बताएको छ ।

विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत हुनेछ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रूचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *