एमालेद्वारा नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य एवं पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

उक्त बैठकमा अध्यक्ष केपी ओली शर्माले आफनो दायाँपट्टि सोफाको सधैं बस्ने स्थान खाली राखेर भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनु परेको बताए ।

उनले देश, जनता र पार्टीप्रति गरेको त्याग कहिले नभुल्ने र यो नेम्वाङको निधन सबैको लागि ठूलो क्षति भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर