चीनका रक्षामन्त्री ‘गायब’ !

चीनका रक्षामन्त्री ली साङ्फू सार्वजनिक रुपमा केही हप्तादेखि नदेखिएपछि उनीलाई पनि गायब बनाइएको आशंका सुरु भएको छ । यसअघि यसैगरि तत्कालिन विदेशमन्त्री छिन काङ गायब भएका थिए । उनीपछि चीनको रकेट फोर्सका जनरल गायब भएका छन् ।

चीनले तत्कालिन विदेशमन्त्री छिन काङ गायब भएको आशंकाका आधारहरु सार्वजनिक हुनथालेपछि उनको ठाँउमा वाङ यीलाई विदेशमन्त्री नियुक्त गरेको सार्वजनिक गरेको थियो ।

यो आशंकालाई पुष्टिगर्दे केही दिनअघि (सेप्टेम्बर ८) मा जापानका लागि अमेरिकी राजदूत रेहम इमानुएलले चीनमा बढ्दो राजनीतिक उलटपुलटलाई लिएर सामाजिक सञ्चार एक्समा पोस्ट गरेका थिए ।

उनले लेखेका छन्, ‘राष्ट्रपति सीको क्याबिनेट लाइनअप अब अगाथा क्रिस्टीको उपन्यास र देन देअर ननसँग मिल्दोजुल्दो छ। पहिले, विदेश मन्त्री छिन काङ बेपत्ता भए, त्यसपछि रकेट फोर्सका कमाण्डरहरू बेपत्ता भए, र अहिले रक्षा मन्त्री ली साङ्फु दुई हप्तादेखि सार्वजनिक रूपमा देखिएका छैनन्। यो बेरोजगारी दौड कसले जित्ला? चीनको युवा वा सीको मन्त्रिपरिषद्?’ उनले ह्यासट्यागमा बेइजिङ बिल्डिङको रहस्य भनेका छन् ।

 

यो विषयले अन्तराष्ट्रिय संचारमाध्यमले समेत लेखेका छन् । उनीहरुको समाचारअनुसार रक्षामन्त्री साङ्फू २९ अगस्ट २०२३ पछि कुनै पनि सार्वजनिकस्थलमा देखिएका छैनन्। उनीमाथि २०१७ मा भएको भ्रष्टाचारसम्बन्धी छानबिन चलिरहेको थियो।

अन्तिमपटक उनले चीन–अफ्रिका शान्ति तथा सुरक्षा मञ्चलाई सम्बोधन गरेका थिए। यसअघि साङ्फू सुरक्षा मञ्च (सेक्योरिटी फोरम) मा सहभागी हुन रुस गएका थिए । त्यतिबेला साङ्फूले चीनलाई घेरा हाल्न ताइवानलाई प्रयोग गरेको भन्दै अमेरिकाको आलोचना गरेका थिए । ताइवानलाई प्रयोग गरी अमेरिका आगोसँग खेलिरहेको उनको टिप्पणी थियो।

रक्षामन्त्री गायब भएकै बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको सेनामा एकता र स्थिरता कायम राख्न निर्देशन दिएका छन् । त्यस्तै, युद्धका लागि पनि सेनालाई तयारी अवस्थामा बस्न सीको निर्देशन छ।

रक्षामन्त्री साङ्फू सैन्य परिवारको व्यक्ति हुन्। सन् १९३० र १९४० का बेला जापानविरुद्ध लडाइँ लडेका साङ्फूका पिता ली साओजू रेड आर्मी अधिकृत थिए । उनलाई गृहयुद्ध र त्यसपछि भएको कोरियाली युद्धमा लजिस्टिक रेलवे पुनर्निर्माणमा महत्वपूर्ण भूमिका निभाउने व्यक्तिका रुपमा चिनिन्छ। पछि १९५०–७० को दशकमा तिब्बत र युन्नान सीमावर्ती क्षेत्रमा पिपल्स लिबरेसन आर्मीको रणनीतिक रेलवे बलको इन्जार्च बनाइएको थियो। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर