जसपाकी मधेस प्रदेश सांसद विन्दुकुमारी यादवको निधन

मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ।

पाठेघरको क्यान्सर रोगबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान सवा ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको अस्पतालले पुष्टि गरेको छ।

प्रदेश सांसद सञ्जयकुमार यादवका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो।

दुई वर्षअघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आईसीयूमा उपचाररत थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *