आइएमई मोटर्स अब स्वीच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

आइएमई मोटर्स नेपालमा स्वीच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको बिक्रीवितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ ।

अशोक लेल्याण्डको ७५ औं वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबिच यससम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा स्वीच मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन् । अशोक लेल्याण्डका अध्यक्ष धीरज हिन्दूजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् ।

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सीडिएरी कम्पनी स्वीच मोबिलिटीले विद्युतीय सवारीसाधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधनहरू उत्पादन तथा वितरण सुरू गरेको छ । यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रूपमा स्थापना भएको थियो ।

अशोक लेल्याण्डको ७५ औं वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबिच भारतीय यातायातमन्त्री नितिन गड्करीले स्वीच मोबिलिटीद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारीसाधनको उद्घाटन गरेका हुन् ।

त्यसैगरी आइएमई मोटर्स अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि बिक्रीवितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्याण्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगको रूपमा डिजेल जेनेरेटरहरू उत्पादन गर्दछ ।

अशोक लेल्याण्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ । अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दूजा ग्रुपको प्रमुख कम्पनी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *