सहमहामन्त्री यादवमाथि भएको आक्रमणविरूद्ध काठमाडौंमा तरूण दलको प्रदर्शन (तस्बिरहरू)

नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरूण दलले सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।

शुक्रवार रत्नपार्कमा भेला भएर तरूण दलका नेता-कार्यकर्ताले आक्रमणको विरोधमा प्रदर्शन गरेका हुन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका प्रदर्शनकारीले आक्रमण नियोजित भएको आरोपसमेत लगाएका छन्।

प्रदर्शनमा सहभागीले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए।

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *