लुम्बिनीजस्तो पवित्र स्थलमा समेत भ्रष्टाचार भयो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले लुम्बिनीजस्तो पवित्र स्थलमा समेत भ्रष्टचार भएको भन्दै आक्रोश पोखेका छन्।

बिहीवार बसेको प्रनिनिधिसभा बैठकमा उनले अनियमितताकै कारण लुम्बिनी ऐतिहासिक क्षेत्र विकास गुरूयोजना आज अलपत्र अवस्थामा रहेको तर्क गरे।

‘लुम्बिनी ऐतिहासिक क्षेत्र विकास गुरूयोजना आज अलपत्र अवस्थामा छ। लुम्बिनीजस्तो पवित्र स्थलमा समेत अनिमियतता, भ्रष्टाचार र नियतवश आर्थिक हिनामिना भइरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र सरकारलाई मेरो प्रश्न, आज अन्तर्राष्ट्रिय निर्देशन समिति कता छ? त्यो समितिले कहाँ र कुन देशमा लुम्बिनीको विकास गरिरहेको छ? समितिले कहिले र कहाँ पहल गर्‍याे?’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले यसबारे सदनमा जवाफ दिनुपर्ने उनको माग छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *