
प्रतिनिधिसभामा ४ मन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने


फाइल तस्बिर।
प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
संसद सचिवालयका अनुसार आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी सांसदहरूको प्रश्नमा सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रतिक्रिया