घट्यो सुन-चाँदीको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० रूपैयाँ तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले घटेर एक हजार चार सय १० रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *