जलवायु परिवर्तनबारे एक्सनएडले गरायो सभामुखको ध्यानाकर्षण

जलवायु परिवर्तनसम्बन्धी अवधारणासहित एक्सनएड नेपालले ‘जलवायु न्याय अभियान’ अन्तर्गत सभामुख देवराज घिमिरेलाई ध्यानाकार्षणपत्र बुझाएको छ।

‘फन्ड आवर फ्युचर’ भन्ने नाराका साथ एक्सनएडले जलवायु परिवर्तनका कारण नेपाल पनि उच्च जोखिममा रहेको भन्दै नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएको छ।

ध्यानाकार्षणपत्र बुझ्दै घिमिरेले दलका प्रमुख सचेतकसँग पनि छलफल चलाउनुपर्ने र कानूनी कुराहरूमा आवश्यक सुधारको पहलमा जोड दिनुपर्ने बताएका छन्।

ध्यानाकर्षणपत्रमा नेपालले कार्बन उत्सर्जन घटाउनका लागि थुप्रै रणनीतिक योजना अघि सारेको दाबी गर्दै क्षतिपूर्ति पाउनुपर्ने माग गरिएको छ।

कार्बन उत्सर्जन कम गर्ने विश्वव्यापी मान्यताअनुसार नेपाललले विभिन्न मापदण्ड पालना गरेर कामहरू गरिरहेको र विद्युतको प्रयोगमा जोड दिनुका साथै पर्यावरणका लागि हरियाली कार्यक्रमसमेत चलाइरहेको बताइएको छ।

त्यसैगरी एक्सनएडको टोलीले नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख सचेतक महेश बर्ताैलालाई समेत ज्ञापनपत्र बुझाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *