कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु, लापरबाही भएको परिवारको आरोप

कान्ति बाल अस्पतालको लापारबाहीका कारण ६ वर्षीय मृत्यु बालकको भएको भन्दै पीडित परिवारले विरोध गरेका छन्। मकवानपुरको थाहा नगरपालिका-१० बाट अस्पताल आएका मृतकका परिवारले मंगलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन्।

अस्पतालमा ५ बजे बेलुका ‘इमर्जेन्सी’ लगिएका बालकलाई २ घन्टा बाहिर राख्दा उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ। बालकका हजुरबुवा कृष्ण गोपालीले ज्वरो र बान्ता भएका बालकलाई अस्पतालले बेवास्ता गरेकै कारण उनको मृत्यु भएको बताए।

उनले भने, ‘बच्चालाई ज्वरो आएको र वान्ता पनि भएको थियो। गम्भीर अवस्थामा ल्याइएको बालकको अस्पतालकै कारण मृत्यु भएको छ, यस विषयलाई अस्पतालले गम्भीर रूपमा लिनुपर्छ। यहाँको प्रशासनलाई कारबाही हुनुपर्छ।’

अस्पतालका नवनियुक्त निर्देशक डा. पंकज रायले भने बालकको मृत्यु पालो कुर्दै गर्दा भएको बताए ।

उनले भने, ‘अस्पतालको इमर्जेन्सीमा धेरै भीड हुने गरेको छ। यहाँ आएकाहरूलाई अन्त जाऊ भन्ने गरेको छैन। ती बालक पालो कुरिरहेका थिए। यसमा उपचारमा हेलचेक्य्राइँ भयो भन्ने कुरा सरासर गलत हो। बिरामी यहाँ छिरेपछि सबै सेवा सुविधा पाएको छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *