सर्याे एमालेको मधेस प्रदेश अधिवेशन
१९ भदौ २०८० ११:४४
नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।
नेकपा (एमाले) को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो।
मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ।
लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ। चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ।
प्रतिक्रिया