दोलखाबाट काठमाडौं आउँदै गरेको स्करपियो सिन्धुपाल्चोकमा दुर्घटना, दुई जनाको मृत्यु, चार घाइते

दोलखाबाट काठमाडौँ आउँदै गरेको बा १५ च ९३७० नम्बरको स्करपियो लामोसाँघु–जिरी सडकखण्डको सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *