पेप्सीकोला दुर्घटनामा सशस्त्र प्रहरीकी जवानसहित दुई जनाको मृत्यु (मृतक र घाइतेहरूको नामावलीसहित)

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डकाे छाप्रोमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जीप एकआपसमा ठोक्किएका थिए।

बस पल्टिएर बसले कुल्चिँदा बा.प्र.०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बा.प्र.०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलमा समेत क्षति पुगेको थियो।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बा.प्र.०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको मृत्यु भएको छ।

यस्तै बा.प्र.०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलका चालक सर्लाहीको शान्तिटोल ठेगाना भएका २१ वर्षीय राज भट्टराईको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको सिभिल अस्पताल तथा केहीको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा दोलखा भिमेश्वर नगरपालिका–१ घर भई हाल ललितपुरको इमाडोल ५२ वर्षीय कुमारबहादुर खाती, उदयपुरको त्रियुगा नगरपालिका–१० घर भई हाल भक्तपुरको काँडाघारी २२ वर्षीया कल्पना विक, मकवानपुर हेटौंडा घर भई हाल पेप्सीकोला बस्ने १७ वर्षीया रमिता प्रजा घाइते भएका छन्।

यस्तै बा. प्र. ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर चालक काभ्रे कोशीपारी घर भई हाल काठमाडौंको मूलपानी बस्ने सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत २९ वर्षीया सरस्वती खड्का पनि घाइते भएकी छन्।

उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

यस्तै बोलेरोमा सवार रामेछापको मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, २१ वर्षीय राजकुमार मगराती, सिन्धुपालचोक बाह्रबिसे नगरपालिका–४ घर भई हाल थली बस्ने २३ वर्षीय सुवास बस्नेत, मोरङको उर्लाबारी नगरपालिका–४ घर भई हाल गोंगबु बस्ने ३३ वर्षीय पुन्यप्रसाद गौतम घाइते रहेका छन्।

ओखलढुंगाको लिखु गाउँपालिका–७ घर भई हाल बौद्ध बस्ने बा ६ च ५३४२ नम्बरको बोलेरो गाडी चालक २५ वर्षीय रमेश थापा, रामेछाप मन्थली नगरपालिका–८घर भई हाल बौद्ध बस्ने २२ वर्षीय अर्जुन रम्तेल, बसमा सवार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भई हाल काँडाघारी बस्ने १६ वर्षीया पूजा खत्री घाइते भएका छन्।

उनीहरूको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ।

बा ३ ख ४८४८ नम्बरको बसका चालक चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका–२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *