बर्दिया कारागारबाट कैदी फरार

बर्दिया कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट दोषी ठहर भई विगत एक वर्षदेखि कैद भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका-८ का २७ वर्षीय अजित बुढाक्षेत्री आइतबार बिहान भागेका हुन्।

उनी आइतबार बिहान करिब ३ बजे कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष विकले बताए।

अनुसन्धानको क्रममा बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बुढाक्षेत्री फरार भएको थाहा पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर खोजीकार्य भैरहेको जानकारी दिए।

उनले भने, ‘भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरी हुलियासमेत पठाइएको छ। बर्दिया जिल्लाका छिमेकी जिल्लाहरूमा समेत हुलिया पठाएर खोजीकार्य गरिरहेका छौं।’

२०७१ सालमा ठाकुरबाबा नगरपालिका-८ कै जोरासिंह थापाको हत्याको अभियोगमा बुढाक्षेत्री पक्राउ परेका थिए। अदालतमा बयान दिन जाने क्रममै फरार भएका उनलाई प्रहरीले गत वर्ष मात्र पक्राउ गरेको थियो।

क्षेत्रीलाई अदालतले कर्तव्य ज्यान मुद्दा र फरार अभियोगमा ३० वर्षको कैद सजायको फैसला सुनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *