रूपान्तरण अभियानले पार्टीलाई ट्र्याकमा ल्याउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ पार्टीले बिराएको बाटो ट्र्याकमा ल्याउन सफल हुने विश्वास व्यक्त गरेका छन्।

शनिवार चन्द्रगिरिमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै उनले बीचमा पार्टीले बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो महसुस भएको भन्दै त्यसलाई फेरि ट्र्याकमा ल्याउने उद्देश्यले अभियान सुरू भएको बताएका हुन्।

उनले भने, ‘जनतासँग माओवादी विशेष रूपान्तरण महाअभियानको सुरूआत माओवादीले आफैंबाट गर्नुपर्छ। बीचमा कहीँकतै बाटो बिराएको जस्तो, जनतासँग सम्बन्ध कमजोर भएको जस्तो थियो। अहिले फेरि हाम्रो बाटो ट्र्याकमा ल्याउने जनतासँगको सम्बन्ध जीवन्त तुल्याउने उद्देश्यले अभियान थालेको हो। यसले देशमा सामाजिक न्यााय र समृद्धिको सपना पूरा गर्ने आशा छ।’

उनले संख्याको बलको आधारमा नभएर इतिहास र शहीदले बगाएको रगतको तागतमा ३२ सिट ल्याएर पनि प्रधानमन्त्री बनेको टिप्पणी गरे। साथै विश्वासको मत लिँदा झण्डै शतप्रतिशत समर्थन आफूलाई मिलेको भन्दै नेपालकै इतिहासमा यस्तो कहिल्यै नभएको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *