चन्द्रमामा सफलतापछि सूर्यतर्फ भारत, आदित्य-एल१ प्रक्षेपण

भारतले चन्द्रयान-३ को सफलतासँगै सूर्य अवलोकन मिसनको सुरूआत गरेको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गराएर इतिहास कायम गरेको केही दिनमै भारतले सूर्यको अवलोकन अभियान सुरू गरेको हो।

भारतले स्थानीय समय अनुसार शनिवार बिहान ११ बजेर ५० मिनेटमा आदित्य-एल१ सूर्यको अवलोकनका लागि प्रक्षेपण गरेको हो।

आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनका लागि यान पठाइएको हो।

सो यानले अबको चार महिनामा सूर्यको ९ लाख ३२ हजार माइल यात्रा पूरा गर्ने भारतीय स्पेस एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

भारतले हिन्दू धर्ममा देवता मानिने सूर्य मिसनका लागि अर्को भाषामा आदित्य भनिने सूर्ययान नै त्यसतर्फ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ।

आदित्य-एल१ सूर्यका लागि भारतको पहिलो मिसन हो।

धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर