पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
१५ भदौ २०८० २०:१०
पूर्वयुवराज पारस शाह अस्ताल भर्ना भएका छन्। मुटुमा समस्या भएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो।
पारस अस्पताल भर्ना भएपछि उनका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह, आमा पूर्वरानी कोमल शाह र श्रीमती पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।
अस्पताल स्रोतका अनुसार पारसको मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकाले २४ घण्टा उनलाई चिकित्सकीय सुपरिवेक्षणमा राखिनेछ।
प्रतिक्रिया