बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा पारस खड्का निर्वाचित भएका छन्।

संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा खड्काले २३ मत पाउँदा उनका प्रतिस्पर्धी उमेश पियाले १४ मत पाए।

शुक्रबार क्रिकेट संघ बागमतीको दोस्रो साधारणसभा एवं अधिवेशनपश्चात भएको मतदानमा ३७ मतदाताले मतदान गरेका थिए।

मतदानबाट खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले काठमाडौं जिल्ला क्रिकेट संघमा प्रवेश गर्दै प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

उनका प्रतिस्पर्धी उमेश पिया चितवन जिल्ला क्रिकेट संघका पदाधिकारी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर