काठमाडौं महानगरपालिकामा शुक्रवार सार्वजनिक बिदा
१३ भदौ २०८० १९:०९
काठमाडौं महानगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाईजात्रा ( सापारू ) र रोपाइँजात्रा मनाउन महानगरपालिकाले महानगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरले महानगरपालिकाको मौलिक अमूर्त सम्पदा संरक्षणको गर्न भदौ १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
प्रतिक्रिया