पाकिस्तानविरूद्ध नेपाललाई तेस्रो सफलता

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

नेपालका लागि सन्दीप लामिछानले गरेको बलिङमा दीपेन्द्रसिंह ऐरीले पाकिस्तानी खेलाडी मोहम्मद रिजवानलाई रन आउट गरेका छन्।

योसँगै पाकिस्तानले २३ ओभर चार बलमा ३ विकेट गुमाएर १ सय ११ रन जोडेको छ।

मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए।

करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन्।

त्यस्तै अर्को विकेट पनि नेपालले रनआउटमार्फत लिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *