
६० किलो सुन तस्करी प्रकरणमा किशोर बस्नेत भारतबाट पक्राउ


फाइल फाेटाे ।
६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणका आरोपी किशोर बस्नेत भारतबाट पक्राउ परेका छन्।
राजस्व अनुसन्धान विभागले सुन बरामद गरी अरूलाई पक्राउ गर्न थालेलगत्तै भागेर भारत पुगेका बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले भारतबाटै पक्राउ गरेको ब्यूरो स्रोतले जनाएको छ।
यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ।
यसअघि सीआईबीले भन्सारका कर्मचारी गणेश पौडेललाई पनि पक्राउ गरेको थियो। पौडेल भने काठमाडौंबाटै पक्राउ परेका हुन्।
प्रतिक्रिया