
उजुरी बाेकेर साइबर ब्यूराेमा जसपा अध्यक्ष उपेन्द्र

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नाममा फेक फेसबुक पेज बनाएर एक अपरिचित महिलाको अश्लील तस्बिरहरू अपलोड गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
यादवका तर्फबाट उनका निजी सचिव महेश चौरसियाले बुधवार भोटाहिटीस्थित प्रहरीको साइबर ब्यूरो पुगेर जाहेरी दिएका हुन्।
चौरसियाका अनुसार यादवको भेरिफाइड ब्लूटिक भएको फेसबुक पेज नियमित सञ्चालनमा छ।
बुधवार बिहान अज्ञात व्यक्तिले यादवको नाम, थर र तस्बिर प्रयोग गरी बनाइएको फेक फेसबुक पेजको स्टोरीमा अपरिचित महिलाको अश्लील फोटोहरू अपलोड गरेका थिए।
यसरी अभद्र एवं अश्लील हर्कत गरेर यादवको चरित्रहत्या गरी बदनाम गर्ने दुष्प्रयास गरेकाले दोषीलाई यथाशीघ्र कारबाही गर्न माग गर्दै जाहेरी दिएको चौरसियाले दिएकाे उजुरीमा उल्लेख छ।
प्रतिक्रिया